८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन किलो गाँजासहित दुई पक्राउ



अ+ अ-

विराटनगर । प्रहरीले गाँजासहित मोरङको केराबारी गाउँपालिका–१९ बगैंचा चोकका दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १८ वर्षीय गणेश तामाङ र जिग्री भुजेल रहेका छन् ।

कास्पद अवस्थामा हिंडिरहेका उनीहरुलाई गस्तीमा रहेको प्रहरी टोलीले सोमबार बिहान बगैचा चोकबाट पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसएसपी किशोर दाहालले जानकारी दिए ।

तामाङ र भुजेलविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन सोमबार नै म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।