२७ भाद्र २०८३, शनिबार
,
Latest
बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रअ टोलीको व्यस्त कार्यक्रमः देउवा गए भेट्न, प्रचण्डलाई आए भेट्न



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ) को टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रह्यो ।

रअको टोलीले सत्तारुढ र प्रतिपक्षी दलका केही नेतासहित संसदका विभिन्न समितिका पदाधिकारीसँग सामूहिक र छुटाछुट्टै भेटवार्ता ग¥यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार राति भेटवार्ता गरेका रअ अधिकारीले सोमबार विहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको हो ।

रअ प्रमुख समान्तकुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोली आइतवार दिउँसो काठमाडौं आएपछि भेटवार्तामा जुटेको थियो । भेटघाटका लागि नेता देउवा स्वयं लैनचौरस्थित भारतीय दूतावास पुग्नुभएको थियो भने प्रचण्डलाई भेट्न रअका अधिकारी प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

दूतावास स्रोतका अनुसार आइतवार साँझ ७ बजेर ४० मिनेटमा दूतावास पुग्नुभएका देउवा करिव चार घन्टापछि राति ११ बजेर ४० मिनेटमा बाहिरिनुभएको थियो । देउवासँगको भेटमा काँग्रेस सांसदद्वय डा। अमरेशकुमार सिंह र विनोद चौधरी पनि सहभागी रहनु भएको बताइएको छ । रअ अधिकारीको सम्मानमा दूतावासले आइवार साँझ दूतावास परिसरमा रात्री भोज दिएको थियो । सोही जमघटमा देउवा सहितको टोली दूतावास पुगेको हो ।
रअ प्रमुख गोयल सहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ ।

देउवासँगको भेटवार्ता अघि राष्ट्रिय जनता पार्टी ९राजपा०का अध्यक्ष मण्डलका पदाधिकारी हायल होटल पुगेर रअ अधिकारीसँग सामुहिक भेटघाट गरेका थिए । गोयल नेतृत्वको टोलीमा रअको तर्फबाट नेपाल डेक्स नियाल्ने अरुण जैन, सोही संस्थाका उच्च अधिकारी शशीभूषण सिंह, भारतीय मन्त्रिपरिषद् नियाल्ने एक सचिव समेत सहभागी रहनु भएको छ ।

सोमबार विहान खुमलटार पुगेको रअ टोलीले नेकपा अध्यक्ष प्रचण्ड निवासमा साढे दुई घन्टा भन्दा बढी समय विताएको छ । विहान साढे आठ बजे शुरु भएको भेटवार्ता १० बजेर ५० मिनेटसम्म चलेको दूतावास स्रोतले जनाएको छ । सत्तारुढ दलभित्र सत्ता नेतृत्व हेरफेर हुने वहस चलिरहेका बेलाको यो भेटवार्तालाई नेकपा पदाधिकारीले अर्थपूर्ण रुपमा लिएका छन् ।

नेपालका लागि भारतीय पूर्व राजदूत श्याम शरणले प्रचण्डलगायत अन्य नेतालाई भेटेर फर्किएको एक महिना बित्न नपाउँदै भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको नेकपाका एक नेताले नेपाल समाचारपत्रलाई बताए ।

यसैबीच रअ टोलीले सोमबार अपरान्ह प्रतिनिधिसभा र राष्ट्रिय सभाका समितिका सभापतिसँग पनि सामूहिक भेटवार्ता गरेको छ । दुवै संसदका सबै समिति सभापतिलाई डिनर सहितको भेटवार्तामा बोलाइए पनि शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती र महिला तथा सामाजिक समिति सभापति निरुदेवी पाल भने व्यस्तताको कारण जनाउँदै सो जमघटमा सहभागी हुनुभएन ।

अनुपस्थित हुनुपर्ने कारणबारे सोधिएको जिज्ञासामा सभापति पालले भन्नुभयो– ‘न भारतीय स्वतत्रता दिवस, न त गणतन्त्र दिवस त्यसैले बिनाप्रसङ्ग दूतावास जान उचित लागेन ।’

उहाँका अनुसार सोमबारको जमघटका लागि दूतावासले डेढ साता अघि नै निम्तो पठाइएको थियो । सो जमघटमा सत्तारुढ दलकी सांसद पम्फा भुसाल, कांग्रेस नेता बालकृष्ण खाँडलगायका अन्य केही सांसद पनि सहभागी हुनुभएको दूतावासले जनाएको छ ।

‘मिसन पूरा भएकोले’ रअ टोली फिर्ता
पाँच दिनको भ्रमणका लागि नेपाल आएको टोली आकस्मिक रुपमा भ्रमण अवधि छोट्याएर सोमबार साँझ दिल्ली फर्किएको छ ।

समिति सभापतिहरुसँगको भेटवार्तालगत्तै रअ प्रमुख गोयल सहितका अधिकारी दूतावासबाट बाहिरिनु भएको थियो । दूतावासबाट हायात होटल पुगेको टोली त्यसलगत्तै साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको सुरक्षा निकायको उच्च स्रोतले जनाएको छ ।

सोमबारै फर्किनुको कारणमा स्रोतले भन्यो, ‘मिसन पूरा भएकोले थप बसिरहनु आवश्यक भएन ।’, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।