८ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि ‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन निश्चित, जेरेमी हन्ट पराजित



अ+ अ-

काठमाडौ: बेलायतको सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा भारी बहुमत पाएका बोरिस जोन्सन बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको छ । उनले बिहीबार प्रधानमन्त्री पदको सपथ लिने अनुमान गरिएको छ । प्रधानमन्त्री थेरेसा मेले प्रधानमन्त्री पदबाट राजीनामा दिएसँगै पार्टीभित्र नेतृत्वका लागि मतदान भएको थियो ।
जोन्सनले पार्टीको चुनावमा ९२ हजार १५३ र अर्का उम्मेदवार विदेशमन्त्री जेरेमी हन्टले ४६ हजार ६५६ मत प्राप्त गरेका थिए ।
बेलायत युरोपेली युनियनबाट अलग हुनुपर्छ भन्ने प्रखर अडान राख्ने जोन्सन निर्वाचित भएसँगै ब्रेक्जिटबारे थप बहस हुँदैछ । मुख्य विपक्षी पार्टीले भने ब्रेक्जीटमा समर्थन गरेको छैन ।
यही विवादका कारण प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएकी थिइन् ।