८ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि ‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद खुलाउन कांग्रेस र राजपा सहमत, दिउँसो साढे २ बजे बैठक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल संसदको अवरोध खुलाउन सहमत भएका छन् ।बुधबार सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षमा भएको छलफलमा उनीहरुले सहमति जनाएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले बाढी, पहिरो, डुबान लगायतका बारेमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने र सदन सुचारू गर्ने सहमति भएको सभामुख महराका प्रेस सल्लाहाकार डिल्ली मल्लले जानकारी दिएका छन् ।

बुधबार २ बजे बस्ने संसद बैठकमा उक्त जरुरी सार्वजनिक महत्वको विषयमा छलफल हुने र गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिने गरी दलहरुबीच सहमति भएको हो ।

लगातार संसद अवरोध गर्दै आएका कांग्रेस र राजपाले नै बुधबार संसदमा बाढी पहिरोसम्बन्धी विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

कांग्रेसले सर्लाही घटनाको मुद्दा थाती राखेर संसद बैठक चलाउन दिन सहमति जनाएको छ । सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेलको मुठभेडमा भएको भनिएको मृत्युको विषयलाई लिएर कांग्रेस र राजपाले संसद अवरोध गर्दै आएका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी सहभागि थिए । यता सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रमुख सचेतक देव गरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्ण लगायत बैठकमा सहभागी थिए ।