७ पुष २०८२, सोमबार
,
Latest
देउवा निवास महाराजगञ्जमा ओलीको देउवा भेट ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सांसदलाई पूर्वप्रधानमन्त्री भट्टराईको बस्ने कुर्सीको चिन्ता



अ+ अ-

काठमाडौं । मंगलबारको संसद बैठकमा नेकपा सांसद विरोध खतिवडाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको बस्ने स्थानबारे प्रश्न उठाएका छन् ।

सांसद खतिवडाले प्रश्न गरे, ‘पूर्वप्रधानमन्त्री माननीय डा। बाबुराम भट्टराईजी अहिले जहाँ बसिरहनुभएको छ, त्यो नै सही हो या संसदले व्यवस्थापन ठीक नगरेको हो ?’

उनले अघि भने ‘या उहाँले एकता प्रक्रियालाई सही गरेर इन्कार गरेको हो, त्यसकारण पूर्वप्रधानमन्त्रीज्यूलाई बस्ने उपयुक्त ठाउँको व्यवस्था गर्दै बस्ने ठाउँ देखाइदिनुहुन पनि अनुरोध गर्दछु ।’

सत्तारुढ नेकपा सांसदले आफ्नो स्थानबारे प्रश्न उठाउँदा डा. भट्टराई भने मुसुमुसु हाँसिरहेका थिए ।

तर संसद बैठक सञ्चालन गरिरहेकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले भने निर्वाचन आयोगले पार्टी एकीकरण भएको जानकारीसहित पत्राचार नगरेकाले डा. भट्टराई पुरानै स्थानमा बसेको बताइन् ।

तत्कालीन संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी बनेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकार छ । पार्टीका सांसदहरु सत्तापक्षको सिटमा बस्छन् ।तर संघीय परिषदका अध्यक्ष भट्टराई स्वतन्त्र सांसद बस्ने स्थानमै बसिरहेका छन्