७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्डर्सनले अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्ट क्रिकेट गुमाउने



अ+ अ-

काठमाडौं । इंग्ल्यान्डका तीव्रगतिका बलर जेम्स एन्डर्सनले अष्ट्रेलियाविरुद्धको एसेज सिरिजको दोस्रो टेष्ट क्रिकेट गुमाउने भएका छन् ।


अष्ट्रेलिया र इंग्ल्यान्डबीचको दोसो टेष्ट क्रिकेट यही अगष्ट १४ तारिखदेखि सुरु हुँदैछ ।

आईसीसीका अनुसार जेम्सको खुट्टामा चोट लागेपछि उनी दोस्रो खेलअन्तर्गत लर्ड्स टेष्ट अघिसम्म पूर्णरुपले ठीक नहुने भएपछि टिम बाहिर हुने भएका हुन् ।

इंग्ल्यान्डका लागि टेष्ट क्रिकेटमा कीर्तिमानी विकेट टेकर एन्डर्सनको एमआरआई स्क्यान गरिएको थियो । एमआरआईबाट चोट लागेको पुष्टि भएपछि उनी टिम बाहिर भएको आईसीसीले जनाएको छ ।

एसेज सिरिजको पहिलो खेलमा फिल्डिङ गर्ने क्रममा चोटग्रस्त बनेका थिए । चार ओभर बलिङ गरेका उनले तीन ओभर मेडन राखेर एक रन मात्रै खर्चिएका थिए ।उनले टेष्ट क्रिकेटमा १४९ खेलबाट ५७५ विकेट लिएका छन् ।