२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्डर्सनले अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्ट क्रिकेट गुमाउने



अ+ अ-

काठमाडौं । इंग्ल्यान्डका तीव्रगतिका बलर जेम्स एन्डर्सनले अष्ट्रेलियाविरुद्धको एसेज सिरिजको दोस्रो टेष्ट क्रिकेट गुमाउने भएका छन् ।


अष्ट्रेलिया र इंग्ल्यान्डबीचको दोसो टेष्ट क्रिकेट यही अगष्ट १४ तारिखदेखि सुरु हुँदैछ ।

आईसीसीका अनुसार जेम्सको खुट्टामा चोट लागेपछि उनी दोस्रो खेलअन्तर्गत लर्ड्स टेष्ट अघिसम्म पूर्णरुपले ठीक नहुने भएपछि टिम बाहिर हुने भएका हुन् ।

इंग्ल्यान्डका लागि टेष्ट क्रिकेटमा कीर्तिमानी विकेट टेकर एन्डर्सनको एमआरआई स्क्यान गरिएको थियो । एमआरआईबाट चोट लागेको पुष्टि भएपछि उनी टिम बाहिर भएको आईसीसीले जनाएको छ ।

एसेज सिरिजको पहिलो खेलमा फिल्डिङ गर्ने क्रममा चोटग्रस्त बनेका थिए । चार ओभर बलिङ गरेका उनले तीन ओभर मेडन राखेर एक रन मात्रै खर्चिएका थिए ।उनले टेष्ट क्रिकेटमा १४९ खेलबाट ५७५ विकेट लिएका छन् ।