९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियालाई टी–२० विश्वकप छनोट खेल्ने अवसर, जिम्बाब्वे आउट



अ+ अ-

काठमाडौं । नाइजेरियाले टी–२० विश्वकप छनोट खेल्ने अवसर पाउने भएको छ । नाइजेरिया अफ्रिका छनोटमा तेस्रो भएको थियो ।

जिम्बाब्वे क्रिकेटलाई निलम्बन गरेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप छनोटमा उसको ठाउँमा नाइजेरियालाई खेलाउने निर्णय गरेको हो ।

आईसीसीको निर्णयसँगै विश्वकप छनोटमा केन्या र नामिबियासँगै नाइजेरिया हुने भएको छ । आगामी अक्टोबरमा यूएईमा हुने छनोटमा १४ देशले भाग लिनेछन् र शीर्ष ६ विश्वकपमा पुग्नेछन् ।