७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिसाइल परीक्षण अमेरिका र दक्षिण कोरियाका लागि चेतावनी: किम जङ-अन



अ+ अ-

काठमाडौं । उत्तर कोरियाली शासक किम जङ-अनले हालैको मिसाइल र हतियार परीक्षणबारे मुख खोलेका छन् । उनले उक्त परीक्षण एक तरिकाले अमेरिका र दक्षिण कोरियाका लागि चेतावनी भएको बताएका छन् ।

न्यूज एजेन्सी केसीएनएका अनुसार किमले मंगलबार दुबै देशको संयुक्त युद्धाभ्यासलाई उत्तर कोरियासँग भएको सम्झौताको उल्लंघन बताएका छन् । अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यास सोमबार सुरु भएको थियो ।

दक्षिण कोरियाका जोइन्ट चीफ अफ स्टाफले उत्तर कोरियाले कम दुरीको ब्यालेस्टिक मिसाइल लन्च गरेको जानकारी दिएका छन् । समाचारहरूमा जनाइएअनुसार नेता किमले मङ्गलवार रणनैतिक महत्त्वका क्षेप्यास्त्र परीक्षणको अवलोकन गरेका थिए पछिल्लो दुई हप्तामा यो चौथो परीक्षण हो ।