७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाकै लामो झोलुङ्गे पुलसूर्यविनायक नगरपालिकामा बन्दै



अ+ अ-

भक्तपुर । उपत्यकाकै लामो झोलुङ्गे पुल अब सूर्यविनायक नगरपालिकामा निर्माण हुने भएको छ । डोलिडारको रु एक करोडको लगानीमा आगामी सात महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्यविनायक नगरपालिका–९ नंखेल र वडा नं १० चित्तपोल जोड्ने उपत्यकाकै सबैभन्दा लामो २२५ मिटरको झोलुङ्गे पुल निर्माण हुने भएको हो ।

प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उक्त झोलुङ्गे पुलको आज शिलान्यास गर्दै भक्तपुरमा अब धमाधम राष्ट्रिय गौरवका आयोजना निर्माण हुने बताए । यस क्षेत्रबाट सिङ्गो उपत्यका तथा करीब २२ वटा हिमाल हेर्न सकिने भएकाले देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास गरिएको छ ।

पुल निर्माणपछि कैलाशनाथ महादेवको मन्दिरमा आउने भक्तजनलाई सहज हुनेछ । ‘अबको तीन वर्षमा भक्तपुरको मुहार फेरिने छ, भक्तपुरको विकास तीव्रगतिमा अगाडि बढेको छ, साना योजनाका विकास मात्रै होइन, अब राष्ट्रिय गौरवका आयोजनाहरु धमाधम निर्माण हुनेछन् ।’ बस्नेतले भने ।

उनले भक्तपुरमा प्राणी उद्यान, आधुनिक वीर अस्पताल, अन्तर्राष्ट्रिय रङ्गशाला, आधुनिक सभागृह, चार हजार क्षमताको कभर्डहल, स्मार्ट सिटी, सडक, खानेपानी, ढललगायतका राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रक्रियामा रहेको बताउँदै यी आयोजनाले भक्तपुरको मुहार फेर्ने बताए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुुदेव थापाले सूर्यविनायकका सबै वडाहरु जोड्ने गरी शिव परिपथ बनाउने घोषणा गरे । त्यसअवसरमा वडा नं ८ का वडाध्यक्ष किरण थापा, वडा नं ९ का वडाध्यक्ष उपेन्द्रराज केसी र वडा नं १० का वडाध्यक्ष शिवराम थापाले सूर्यविनायकको विकासमा सबै वडाहरु सक्रिय रहेको चर्चा गरे ।