९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भानुआटुमा शक्तिशाली भूकम्प



अ+ अ-

पोर्ट भिला । प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआटुमा बुधबार ५.९ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प गएको थियो ।

यस भूकम्पको केन्द्रविन्दु भानुआटुको राजधानी शहर पोर्ट भिलाबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको इलाकाको १४९.८ किलोमिटर गहिराईमा रहेको थियो । यस भूकम्पको कारण हालसम्म मानवीय र भौतिक संपत्ति क्षतिको कुनै समाचार प्राप्त भएको छैन् ।

भूकम्पपछि सुनामी चेतावनीको कनै सुचना जारी गरिएको छैन् । भानुआटुमा भूकम्प र ज्वालामूखि जस्ता पाकृतिक प्रकोपले बारम्बार सताएको पाइन्छ ।