२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान क्रिकेट बोर्डले मुख्य प्रशिक्षक मिकी अर्थरसहित तीनजनाको सम्झौता नवीकरण नगर्ने



अ+ अ-

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले मुख्य प्रशिक्षक मिकी अर्थरसहित तीनजना प्रशिक्षकको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अनुसार पाकिस्तान क्रिकेट बोर्डले मुख्य प्रशिक्षक अर्थर, बलिङ प्रशिक्षक अजहर मोहमद, ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावर र ट्रेनर ग्रान्ट लुडेनको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो ।

दक्षिण अफ्रिकी प्रशिक्षक अर्थरकै प्रशिक्षणमा पाकिस्तानले विश्वकप क्रिकेट खेलेको थियो । तर पाकिस्तानले विश्वकपको लिग चरण पनि पार गर्न सकेन ।

मुख्य प्रशिक्षक अर्थरकै प्रशिक्षण कालमा सन् २०१७ मा पाकिस्तानले भारतलाई १८० रनले पराजित गर्दै आईसीसी च्याम्पियनसिप ट्रफि जितेको थियो । पाकिस्तान क्रिकेट बोर्डले नयाँ मुख्य प्रशिक्षक र बलिङ, ब्याटिङ प्रशिक्षक भित्र्याउन यस्तो निर्णय लिएको हो ।