७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोनम्यारोकी रोगी पाँच वर्षीया मियुङ्ग पुन मगर,”डाक्टर बनेर देशको सेवा गर्न चाहन्छु”



अ+ अ-

काठमाडौं । बोनम्यारोमा संक्रमण भएर उपचाररत पाँच वर्षीया मियुङ्ग पुन मगरलाई सहयोगको अपिल गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरी मगरको परिवार र आफन्तले सहयोगको अपिल गरेका हुन् । ‘मियुङ्ग पुन मगर बचाऔं अभियान’ ले सहयोगी मनहरुका लागि ग्लोबल आई.एम.ई.बैकको खाता नं. ०७०७०१०००८४१७ मा रकम जम्मा गरिदिन आग्रह गरेको छ ।

भूपेन्द्र बुढा, उषा पुन र सबिन पुलामी मगरको नाममा रहेको संयुक्त खाता पारदर्शी गरिएको जानकारी गराइयो । सहयोगका लागि मियङ्ग पुनकी आमा उषा पुनको सम्पर्क नम्बर ९८६६३०८४४८ मा सम्पर्क गर्न सकिने जानकारी दिइयो । रोल्पा जिल्ला थवाङ गाउँपालिका वडा नं. ५ जीवन पुन र उषा पुन मगरकी पाँच वर्षीया छोरी मियुङ्ग पुन मगर लामो समय देखि बोनम्यारो रागबाट पिडित छिन् ।

कार्यक्रममा उपस्थित भएकी मियुङ्ग पुन मगरले आफू बाँच्न चाहेको बताइन् । पाँच वर्षीया बालिकाले भनिन्,‘मलाई बचाइदिनुहोस्, म बाँचेर डाक्टर बनी देश र समाजको लागि काम गर्छु ।’ उनकी आमा उषा पुन मगरेले रुँदै आफ्नी छोरी जन्मेको तीन महिनादेखि नै रोगी भएको र उपचार गर्दा तीन चार वर्ष अगाडि बोनम्यारो रोगको सिकार भएको पत्ता लागेको बताइन ।

छोरीको तीन महिना अघिदेखि अल्का अस्पतालमा उपचार गराएको र हाल सिभिल हस्पिटल बानेश्वरमा उपचार गराईरहेको उनले बताइन् । उपचारमा आफ्नो सबै सम्पत्ति सकिएको र सम्पत्तिका रुपमा छोरी मात्र बाँकी रहेको हुँदा छोरीको उपचारका लागि सहयोग गर्न आग्रह गरिन् । मगर संघका अध्यक्ष समेत रहेका आदिवासी जनजाति संघका कार्यवाहक अध्यक्ष नवीन रोक्का मगरले मियुङ्ग पुन मगरको जीवन रक्षाका लागि सबैलाई आ आफ्नो ठाउँबाट सहयोगको आग्रह गरे । बचाउ अभियानमा युवाको तर्फबाट भएको बताए ।

रोग लागेर उपचारमा समस्या रहेकाहरुको सहयोगका लागिसरकार नै लाग्नुपर्ने बताए । मियुङ्ग पुन मगर बचाउ अभियानमा सात जनाको टोली बनाएर अभियान चलाएको र उपचारका लागि पाँच लाख लाग्ने हुँदा सबैले सहयोग गरिदिन समेत आग्रह गरे । कार्यक्रममा समाजसेवी तथा युवा नेता जितेन्द्र पुन मगरले बालिकालाई सहयोगको अपिल गरे ।

सानै उमेरमा बालिका प्राणघातक रोगको आक्रमणमा परेकाले आफूहरु सहयोग जुटाउन सक्रिय भएको बताए । उनले भने,‘सबैको सहयोगका लागि आग्रह गर्छौं ।’ गाउँ तथा नगरपालिकाको सिफारिस मार्फत सरकारले एक लाख रुपैयाँ दिने र यसले नपुग्ने भएको हुनाले सहयोगको दायरा सरकारले बढाउनुपर्ने माग गरे ।

मियुङ्ग पुन मगर बचाऔं अभियान समितिकीका सांयोजक समाजसेवी जुनु पुन मगरले अहिलेसम्म २७ जना यस्ता बालबालिकाको उपचारमा सहयोग गरिसकेको बताइन । उनले मियुङ्गको उपचारमा एक महिनामा ४५ हजार लाग्ने भन्दै मियुङ्ग पुन मगरलाई बचाउनका लागि देश तथा विदेशमा रहनुभएका सबैलाई सहयोगको आग्रह गरिन् ।

समाजसेवी सबिन पुलामी मगरले सबैलाई सहयोगका लागि आग्रह गरे । बालिकालाई पुर्नजन्म दिन सबैको साथ र सहयोग रहेको बताए ।