५ असार २०८३, शुक्रबार
,
Latest
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दुका पक्षमा बोल्नु मेरो बाध्यता हो: कोइराला



अ+ अ-

दमौली । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मका पक्षमा बोल्नु आफ्नो बाध्यता भएको बताएका छन्।

तनहुँमा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै उनले विगतमा हिन्दु राज्यका पक्षमा अभिव्यक्ति दिएपछि पार्टीभित्रै आलोचित कोइरालाले त्यो आफ्नो बाध्यता भएको बताएका हुन्।

‘हिन्दु धर्मका पक्षमा बोल्नु मेरो बाध्यता थियो,’ उनले भने,‘कांग्रेस धार्मिक स्वतन्त्रताकै पक्षमा छ।’

फरक प्रशंगमा कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन हुनुपर्ने बताए। उनले सबैका लागि मान्य नेतृत्व आवश्यक रहेको बताए।‘अब कांग्रेसमा नेतृत्व परिवर्तन हुनुपर्छ,’ तनहुँमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘सबैलाई मान्य हुने अनि गुट र उपगुट हटाउने नेतृत्व कांग्रेसलाई चाहिएको छ।’


उनले गुट र उपगुट समाप्त पार्ने नेतृत्व पाए कांग्रेसलाई कसैले हराउन नसक्ने बताए। ‘गुट र उप गुट हटाउन सकिए कांग्रेसलाई जोसुकै मिले पनि कसैले हराउन सक्दैन,’ उनले भने। कोइरालाले अहिले कांग्रेसलाई कांग्रेसले नै हराउने काम गरेको बताए। ‘कांग्रेस नै एक आपसमा नमिल्दा हार भएको हो,’ उनले भने।