७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दुका पक्षमा बोल्नु मेरो बाध्यता हो: कोइराला



अ+ अ-

दमौली । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मका पक्षमा बोल्नु आफ्नो बाध्यता भएको बताएका छन्।

तनहुँमा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै उनले विगतमा हिन्दु राज्यका पक्षमा अभिव्यक्ति दिएपछि पार्टीभित्रै आलोचित कोइरालाले त्यो आफ्नो बाध्यता भएको बताएका हुन्।

‘हिन्दु धर्मका पक्षमा बोल्नु मेरो बाध्यता थियो,’ उनले भने,‘कांग्रेस धार्मिक स्वतन्त्रताकै पक्षमा छ।’

फरक प्रशंगमा कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन हुनुपर्ने बताए। उनले सबैका लागि मान्य नेतृत्व आवश्यक रहेको बताए।‘अब कांग्रेसमा नेतृत्व परिवर्तन हुनुपर्छ,’ तनहुँमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘सबैलाई मान्य हुने अनि गुट र उपगुट हटाउने नेतृत्व कांग्रेसलाई चाहिएको छ।’


उनले गुट र उपगुट समाप्त पार्ने नेतृत्व पाए कांग्रेसलाई कसैले हराउन नसक्ने बताए। ‘गुट र उप गुट हटाउन सकिए कांग्रेसलाई जोसुकै मिले पनि कसैले हराउन सक्दैन,’ उनले भने। कोइरालाले अहिले कांग्रेसलाई कांग्रेसले नै हराउने काम गरेको बताए। ‘कांग्रेस नै एक आपसमा नमिल्दा हार भएको हो,’ उनले भने।