७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीका कारण सिङ्गो गाउँ अन्धकारमा



अ+ अ-

बागलुङ । बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि जिल्लाको निसीखोला गाउँपालिका–४ का एक हजार १२० घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको बाँध बाढीले बगाएपछि पाँच दिनदेखि विद्युत् उत्पादन बन्द भएको हो ।

आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोलाका बोहोरागाउँ, थापागाउँ, झिवाँखोला, छापाखानी, धाराखर्क, धुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायतका ठाउँमा विद्युत् आपूर्ति बन्द छ । आइतबार राति वर्षासँगै आएको बाढीले आयोजनाको बाँध कामै नलाग्ने गरी बगाएको छ । निसीखोलामा रहेको २० मिटर बाँध गहिरो गरी बगाएकाले विद्युत् आपूर्ति बन्द भएको आयोजनाका अध्यक्ष लोकेश्वर पौडेलले बताउनुभयो ।

वर्षाको समय भएकाले तत्काल मर्मत गर्न सम्भव नरहेको आयोजनाले जनाएको छ । वर्षा रोकिएर खोलामा पानीको बहाव घटेपछि मात्रै बाँध मर्मत गर्न सकिने स्थानीय उपभोक्ता डम्बर बुढामगरले बताउनुभयो । “तत्कालै बनाउन सकिने अवस्था छैन, खोलाको पानी कात्तिकमा मात्रै घट्छ”, बुढामगरले भन्नुभयोे, “झण्डै चार महीना अन्धकारमा परिने भइयो ।” आयोजनाको बाँधसँगै मुख्य प्रसारण लाइनका आठ पोलसमेत भाँचिएका छन् । आयोजना बन्द हुँदा त्यस क्षेत्रमा सञ्चालित काठका फर्निचर, कुखुरा फार्म, दूरसञ्चारका टावरसमेत प्रभावित भएका छन् । मोबाइलको ब्याट्री चार्ज गर्न समेत विद्युत नभएकाले सम्पर्क टुट्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

यस्तै दुवै मिर्गौला काम नलाग्ने भएपछि उपचारका लागि सहयोगको खोजी गरिएको छ । बागलुङ नगरपालिका–४ का ५२ वर्षीय रेशमबहादुर विकको उपचारका लागि परिवारका सदस्य र विश्वकर्मा समाजले सहायोगको खोजी गरेको हो ।

विसं २०६७ मा आफ्नै दिदी सुनिताले दिएको एउटा मिर्गौलाको भरमा बाँच्नुभएका विकको फेरि काम नलाग्ने भएपछि प्रत्यारोपण गर्नुपर्ने भएको हो । अहिलेसम्म झण्डै रु एक करोड खर्चिनुभएका विकले पुनः अर्को प्रत्यारोपण गर्नुपर्ने भएपछि सहयोगको याचना गर्नुपरेको बताउनुभयो । कम्तीमा छ महीना औषधि खाएर रक्त समूह मिलाउन सकियो भने विकले आफ्नै श्रीमती चन्द्रकलीको मिर्गौला प्रत्यारोपण गर्न सकिने चिकित्सकले सल्लाह दिएका छन् ।

विश्वकर्मा समूहले अगुवाइ गरेर उहाँलाई सहयोग सङ्कलन थालिएको ओमबहादुर विश्वकर्माले बताउनुभयो । मिर्गौलापीडितलाई राज्यले रु साढे चार लाखसम्म अनुदान दिने व्यवस्था गरेको छ । उक्त अनुदानले काठमाडौँमा बस्दा खानलाउन पनि नपुग्ने विक बचाउ अभियानका कृष्ण विकले बताउनुभयो । अब कम्तीमा रु २५ लाख भएमा मात्र उहाँको मिर्गौला प्रत्यारोपण हुनसक्ने बताइएको छ । उपचारको क्रममा विकले यसअघि दुई घडेरी बिक्री गर्नुभएको छ भने घर धितो राखेर लाखौँ रकम ऋण लिनुभएको छ । विकका दुई छोरा र एक छोरी छन् ।