७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिसिजन: स्पेनिस महारथी बार्सिलोना र रियल म्याड्रिड विजयी



अ+ अ-

काठमाडौं । प्रिसिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस महारथी बार्सिलोना र रियल म्याड्रिड विजयी भएका छन् ।

अमेरिकामा बिहीबार बिहान भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई २–१ गोलले हरायो । अर्को खेलमा रियल म्याड्रिडले अष्ट्रियाको रेडबुल साल्जबर्गलाई १–० गोलले हरायो । बार्सिलोनाको जितमा सर्जियो बुस्केट र इभान र्याकीटिच ले समान एक एक गोल गरे । यता स्यामुएल उम्टिटीले भने आत्मघाती गोल गरे ।

खेलको ३९औँ मिनेटमा बुस्केटले पहिलो गोल गरेका थिए ।डिबक्सबाट गरेको सशक्त प्रहारलाई नापोलीका गोलरक्षकले रोक्न भ्याएनन् । त्यसपछि नापोलीले ४२ औँ मिनेटमा आत्मघाती गोल सहयोगमा मिनेटमा बराबरी गोल फर्कायो । बार्सिलोनाका उम्टिटीको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो ।

त्यसपछि बार्सिलोनाले ७९औं मिनेटमा निर्णायक गोल गरेको थियो ।र्याकीटिचको लामो दुरीबाट गरेको सशक्त प्रहार सोझै गोलमा परिणत भएको थियो ।त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र बार्सिलोना विजयी भयो ।

यता रियलको जितमा इडेन हाजार्डले निर्णायक गोल गरेका थिए । हाजार्डले १९औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । रियलमा हजार्डको यो डेब्यु गोल हो ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेललाई यस खेलमा पनि टोलीमा राखेका थिएनन् । चीनको शीर्ष क्लब जाने प्रक्रियामा रहेका बेललाई रियल व्यवस्थापनले क्लब छाड्न दिएको छैन ।