काठमाडौं । अफगानिस्तानमा भूकम्पको झट्का महसुस गरिएको छ । बिहिबार विहान ६ः१५ मा भूकम्पको झट्का महसुस गरिएको थियो । भूकम्प ६.२ रेक्टर स्केलको रहेको थियो ।
अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा गएको भूकम्पको केन्द्र काबुलबाट २४३ किलोमिटर रहेको संयुक्त राज्य भूगर्भीय सर्वेक्षणले जनाएको छ ।
यो क्षेत्रमा लामो पर्वत श्रृंखला भएकोले त्यहाँ समय समयमा भूकम्पको झट्का महसुस भइरहने भए पनि आजको यो भूकम्पको झट्का केहि बढी भएको बताइएको छ ।