५ असार २०८३, शुक्रबार
,
Latest
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यले आज रेकर्ड तोड्यो, तोलाकै ७० हजार



अ+ अ-

काठमाडौं । सुनको मूल्यले आज (बिहीबार साउन २३) रेकर्ड तोडेको छ । आज सुनको मूल्य तोलमा ५ सय रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला ७० हजार रुपैयाँ कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलाको ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी ८ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १५ रुपैयाँले बढेर ८१० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ निरन्तर बढ्न थालेपछि नेपाली बजारमा कारोबार ठप्प भएको र सुन खरिद गर्ने भन्दा पुराना गहना बिक्री गर्ने ग्राहकको संख्या बढेको छ। यता अन्तर्राष्ट्रिय बजारमा पनि लगानीकर्ताहरु यतिबेला सुनतर्फ आकर्षित भएका छन् ।

अन्य क्षेत्रको लगानी राम्रो हुने नदेखिएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएका हुन् । फेडेरल रिजर्भ बैंकले ब्याजदर ०.२५ प्रतिशतले कमी गरेको, चीन र अमेरीकाको व्यापार युद्ध, इरान अमेरीकको मुद्दा जस्ता विषयले सुनको मूल्य लगातार उकालो लागेको सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले बताए ।