७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताइवानमा ५.९ म्याग्नीच्यूडको भूकम्प



अ+ अ-

ताइपेई । ताइवानमा बिहीबार आएको ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण एक महिलाको मृत्यु हुनुका साथै हजारौं घरमा विद्युत आपूर्ति प्रभावित भएको छ । बिहीबार बिहानै आएको भूकम्पबाट त्रसित मानिसहरु ताइपेईका सडकमा आएका थिए । घरभित्रको सामानले थिचेर एक ६० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताइपेई र छिमेकी यिलानका १० हजारभन्दा बढी घरको विद्युत आपूर्ति बन्द भएको थियो । केही क्षेत्रको रेलसेवा पनि अबरुद्ध भएको थियो । ताइवानमा लेकिमा नामको आँधी पनि नजिकै आइपुगेको मौसम विज्ञान विभागले जनाएको छ ।

गत अप्रिलमा ताइवानको पूर्वी हुवालिनलाई केन्द्र बनाएर ६.१ म्याग्नीच्यूडको भूकम्प गएको थियो । सन् १९९९ मा आएको ७.६ म्याग्नीच्यूडको भूकम्पबाट करिब दुई हजार ४०० जनाको मृत्यु भएको थियो । दुईवटा टेक्टोनिक प्लेटमा रहेको ताइवानमा भूकम्प बारम्बार आइरहने गर्दछ ।