२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले जम्मु-कश्मीर राज्यबारे चालेको कदमप्रति राष्ट्रसंघबाट चासो व्यक्त



अ+ अ-

काठमाडौं ।भारत सरकारले जम्मु कश्मीर राज्यबारे चालेको पछिल्लो कदमप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ ।

सञ्चार सेवा बन्द गरिएको, राजनीतिक दलका नेतालाई पक्राउ गरिएको, राजनीतिक भेलामाथि निषेध गरिएको जस्ता विषयप्रति ध्यानाकर्षण भएको राष्ट्रसंघका प्रवक्ता एन्टेनियो ग्वेटर्ससले एक भिडियो सन्देश उल्लेख गरिएको छ ।

भारतको केन्द्र सरकारले कश्मीरमा पछिल्लो कदम चाल्नुपूर्व गत आइतबारदेखि नै स्थानीय नेताहरु नजरबन्दमा राख्नुका साथै फोन र इन्टरनेट सेवासमेत बन्द गरिदिएको छ । सुरक्षाका लागि भन्दै ठूलो संख्या सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राष्ट्रसंघका प्रवक्ताले कश्मीरको मानव अधिकारको अवस्थाबारे जुलाई ८, २०१९ मा सार्वजनिक गरेको प्रतिवेदनमा सञ्चारमाथिको नियन्त्रण, राजनीतिक दलका नेतामाथि धरपकड, गैरन्यायिक हत्या लगायतका विषय स्मरण गराउँदै पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको प्रष्ट गरेको छ ।