७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य हालसम्मकै उच्च, यस्तो छ कारण



अ+ अ-

काठमाडौं । लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला रु ६९ हजार ७०० पुगेको छ भने चाँदीको मूल्य पनि निरन्तर उकालो लागेको छ । आज चाँदी प्रतितोला ८२५ मा कारोबार भएको महासङ्घले जनाएको छ । पछिल्लो एक साताको अवधिमा छापावाला सुनको मूल्यमा रु पाँच हजार वृद्धि भएको हो ।

गत बिहीबार छापावाला सुन प्रतितोला ६५ हजार र चाँदी प्रतितोला रु ७७० मा कारोबार भएको थियो । छापावाल सुन शुक्रबार प्रतितोला रु ८०० ले बढेर रु ६५ हजार ८०० पुगेको थियो । आइतबार पनि सुनको मूल्य बढ्ने क्रम जारी रह्यो । आइतबार प्रतितोला रु ५०० ले बढेर रु ६६ हजार ३०० मा खरिदबिक्री भएको महासङ्घले जनाएको छ ।

एकाएक सोमबार सुनको मूल्य ह्वात्तै बढ्यो । सो दिन सुन प्रतितोला रु एक हजार ५०० बढेर रु ६७ हजार ८०० मा कारोबार भएको थियो । निरन्तर उकालो लाग्ने क्रम जारी रहेपनि मङ्गलबार भने सुनको मूल्य स्थिर रह्यो ।

मङ्गलबारको मूल्यमा प्रतितोला रु ७०० का दरले बढेर बुधबार सुनको मूल्य रु ६९ हजार ५०० पुगेको थियो । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ४९७.०५ डलर छ ।

विश्वबजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रुपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए । चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासङ्घले जनाएको छ ।

लगानीका लागि अन्तर्राष्ट्रिय बजार अस्थिर तथा शेयरबजार असन्तुलन भएकाले लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् । पछिल्लो समय जम्बु–कश्मिर क्षेत्रको सम्बन्धमा भारतले चालेको कदमका कारण भारतीय मुद्रा कमजोर हुँदा पनि सुनको भाउ बढेको हुनसक्ने बताइएको छ । सुनको चर्को मूल्यवृद्धि भएसँगै आन्तरिक खपत ह्वात्तै घटेको छ ।

अहिले दैनिक करिब १० किलो सुन खपत भएको महासङ्घले जनाएको छ । यसअघि दैनिक २० किलो सुन नेपालको आन्तरिक बजारमा खपत हुँदै आएको थियो । सुनको मूल्य उकालो लागेसँगै बजारमा सुन किन्ने भन्दा पनि बिक्री गर्नेको सङ्ख्या बढेको महासङ्घले जनाएको छ ।