७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री भट्टराईको निर्देशन: निजगढ विमानस्थल शिलान्यास गर्न बसका बस नागरिक लान तयार भएर बस्नु



अ+ अ-

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले १० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्ने बताएका छन्।

बिहीबार भैरहवामा आयोजित विमानस्थलको प्रगति र समस्या विषयक छलफल कार्यक्रममा मन्त्री भट्टराईले उक्त दावी गरेका हुन् । ‘विकास भनेको उत्सव हो, त्यहाको जंगल भरिने गरी १० लाख मान्छे उतारेर विमानस्थल शिलान्यास हुन्छ’, उनले भने। उनले बुटवल उपमहानगरका मेयरलाई बसका बस नागरिक लान तयार भएर बस्नसमेत आग्रह गरे।

विमानस्थल निर्माणमा बाधा भए सह्‍य हुँदैनः मन्त्री भट्टराई

बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र जिल्ला समन्वय समितिका प्रमुख सहभागी कार्यक्रममा उनले आयोजनाले माग गरे अनुसार आवश्यक नदीजन्य पदार्थ उपलब्ध गराउनेदेखि सबै सहयोग गर्न निर्देशन दिए। ‘आयोजनाले माग गरेको अवस्थामा कहाँ बाट हुन्छ प्रयाप्त मात्रामा नदीजन्य पदार्थ उपलब्ध गराउनुहोस्’, उनले भने।

बुटवल उमहानगरपालिकाले विमानस्थल आयोजनालाई नदीजन्य पदार्थको उत्खननका लागि सम्झौता गरेर कार्यदेश दिइसकेको अवस्थामा पनि बाधा उत्पन्न गरेको थियो। जिल्लाका स्थानीय तहले सहज रुपमा नदीजन्य पदार्थ उपलब्ध नगराउँदा अन्य जिल्लाबाट नदीजन्य पदार्थ ढुवानी गर्नुपर्दा समस्या भएको आयोजना प्रमुख प्रवेश अधिकारीले कार्यक्रममा ब्रिफ गरेका थिए।

साढे तीन वर्षपछि हुने चुनावमा जनतासँग गरिएका प्रतिवद्धता पूरा गरेर मात्रै भोट माग्न जाने उनले बताए। लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह, सैनामैना अवलोकन गरी कोषको बैठकमा सहभागीता जनाएका छन्।