५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री भट्टराईको निर्देशन: निजगढ विमानस्थल शिलान्यास गर्न बसका बस नागरिक लान तयार भएर बस्नु



अ+ अ-

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले १० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्ने बताएका छन्।

बिहीबार भैरहवामा आयोजित विमानस्थलको प्रगति र समस्या विषयक छलफल कार्यक्रममा मन्त्री भट्टराईले उक्त दावी गरेका हुन् । ‘विकास भनेको उत्सव हो, त्यहाको जंगल भरिने गरी १० लाख मान्छे उतारेर विमानस्थल शिलान्यास हुन्छ’, उनले भने। उनले बुटवल उपमहानगरका मेयरलाई बसका बस नागरिक लान तयार भएर बस्नसमेत आग्रह गरे।

विमानस्थल निर्माणमा बाधा भए सह्‍य हुँदैनः मन्त्री भट्टराई

बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र जिल्ला समन्वय समितिका प्रमुख सहभागी कार्यक्रममा उनले आयोजनाले माग गरे अनुसार आवश्यक नदीजन्य पदार्थ उपलब्ध गराउनेदेखि सबै सहयोग गर्न निर्देशन दिए। ‘आयोजनाले माग गरेको अवस्थामा कहाँ बाट हुन्छ प्रयाप्त मात्रामा नदीजन्य पदार्थ उपलब्ध गराउनुहोस्’, उनले भने।

बुटवल उमहानगरपालिकाले विमानस्थल आयोजनालाई नदीजन्य पदार्थको उत्खननका लागि सम्झौता गरेर कार्यदेश दिइसकेको अवस्थामा पनि बाधा उत्पन्न गरेको थियो। जिल्लाका स्थानीय तहले सहज रुपमा नदीजन्य पदार्थ उपलब्ध नगराउँदा अन्य जिल्लाबाट नदीजन्य पदार्थ ढुवानी गर्नुपर्दा समस्या भएको आयोजना प्रमुख प्रवेश अधिकारीले कार्यक्रममा ब्रिफ गरेका थिए।

साढे तीन वर्षपछि हुने चुनावमा जनतासँग गरिएका प्रतिवद्धता पूरा गरेर मात्रै भोट माग्न जाने उनले बताए। लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह, सैनामैना अवलोकन गरी कोषको बैठकमा सहभागीता जनाएका छन्।