९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुठ्ठी बन्द गर्नुस हत्केलाभित्रै ल्यापटप बन्द



अ+ अ-

काठमाडौं । सूचना प्रविधिको संसारमा प्रत्येक पल नयाँ नयाँ आविष्कार सार्वजनिक भइरहेका छन् । यसै मेसोमा विश्वको सर्वाधिक सानो ल्यापटप सार्वजनिक भएको छ । जुन ल्यापटपको स्क्रीन मात्र एक ईन्चको छ ।

पोल क्लिनगरले थिंक टिनी (Think Tiny)   नाम दिएर यो ल्यापटप बनाएका हुन् ।कम्पनीका अनुसार यसमा स्नेक, लुनर, लेन्डरजस्ता लोकप्रिय खेल खेल्ने सुविधा छ ।यो ल्यापटकलाई आईबीएमको थिंक प्याडको छोटो रुप भनिएको छ । यस सानो ल्यापटपमा एटीनी मिनी कन्ट्रोलको व्यवस्था छ ।

मुठ्ठी खोल्नुस ल्यापटप, मुठ्ठी बन्द गर्नुस हत्केलाभित्रै ल्यापटप बन्द । यो कम्प्युटर बनाउन एक हप्ता समय खर्च भएको थियो । यो कम्प्युटर बजारमा लाने नलाने भन्ने निधो भइसकेको छैन् ।