५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटना अपडेट : बसमा ४५ जना, ३ को मृत्यु, १६ को उद्धार



अ+ अ-

धादिङ । सर्लाहीको मलंगवाबाट काठमाडौं आउदै गरेको बस त्रिशुली नदीमा खस्दा ३ जनाको मत्यु भएको छ । शुक्रबार बिहान ४५ जना सवार ना.६ ख ७४६९ नम्बरको सृष्टि डिलक्स बस नदीमा खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र सौरभ रौनियार रहेको र १६ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार उद्धार गरिएका १६ जनामा भुपेन्द्र कुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखर कुमार महतो, राकेश बैठा, संजय महतो, रहेका छन् । त्यसैगरी जहेन्दर ठाकुर, रोहित कुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन्।

घाइतेहरुको धादिङको गजुरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको धादिङका प्रहरीले जनाएको छ । अँध्यारोमा बस खसेको र नदीमा पानीको बहाव बढी भएकाले यात्रुलाई बगाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यस्तै उद्धार गरिएका सर्लाही हरिवनका बसचालक जीवन विकको अवस्था गम्भीर छ । बसका कण्डकटर ऋषि उप्रेती रसहचालकप्रमोद कुँवरको पनि उद्धार गरिएको छ । चालक विक बोल्न सक्ने अवस्थामा छैनन् । उप्रेती र कुँवर बोल्न सक्ने अवस्थामा भए पनि दुर्घटनाका कसरी भयो थाहा नभएको बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बसमा सवार यात्रु

बिष्णु गाउँपालिकाका खुश रंजन (९८६००८००६१),
शिवनगरका मोहम्म मतलुङ (९८२३२८५७५३),
अगर्वाका नविन कुमार महतो (९८१७६०५९९३्र),
लक्ष्मीपुरका मनिष रायसहित २ जना (९८०७६३३२४१),
बेल्हीका राकेश राउत (९८०७६४०३३५),
भारतका मज्जफरपुरका आशिष कुमारसहित २ जना (९८०८२०४२८०),
गम्हरियाका दिनेश ठाकुर (९८१८६५८७५०),
भारत पर्सा मोडका धीरेन्द्र शर्मा (९८६९६९२७५७),
औरहीका रबि कुमारसहित ३ जना (९८६४५८७६१८),
भारतका अररियाका दिलिप दाससहित ३ जना (९८१८३०८२५०),
मलंगवाका भुपेन्द्र कुमार (९८५४०३५५०५),
त्रिभुवनगरका राजनारायण गुप्तासहित ४ जना (९८४४०३३२९२),
मलंगवाका संजिव चौधरी (९८१७६३२५१४),
मलंगवाका अरिबन्द सिंह (वकिल) (९८५१०४४८२१),
मलंगवाका अनिष राय (९८१४८३७०६६),
भारतका लरकवा रामबाबु यादवसहित ३ जना (९८४१६०१०५१),
भारतका कुवारीका अजय ठाकुरसहित २ जना (९८४९८०६७८५),
मलंगवाका रोहित मण्डल (९८१६२८४५९८),
मलंगवाका शमिम (९८१२१५७७७८),
मलंगवाका सुशिल श्रीवास्तव र अनिल (९८१५७२७७९९),
गणेशियाका भाग्य नारायण महतोसहित ३ जना (९८००८९७९८०)
हरिपुरका योगेन्द्र चौधरी (९८४५७०९२१९) र अमित लामा (९८६२५७८६५१)