९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै खेलमा जर्मन च्याम्पियन बायर्नको २३ गोल, पाँच खेलाडीको ह्याट्रिक !



अ+ अ-

काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिखले रोताक एगर्नलाई पराजित गरेको छ । आज भएको मैत्रीपूर्ण खेलमा बायर्नले रोताक एगर्नलाई २३–० गोलअन्तरले पराजित गरेको हो ।

रोताक एगर्नमाथि बायर्नका पाँच खेलाडीले ह्याट्रिक गोल गरे । कोरेन्टिन टोरिसोले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै, रोबेर्टो लेवान्डोस्की, थोमस मुलर, लियोन गोरेत्जका र क्वाइस ओकेयरी वरिड्टले ह्याट्रिक गोल गरे ।

गोलको वर्षा नै गर्ने क्रममा बायर्नले पहिलो हाफसम्म ११ गोल गरेको थियो । दोस्रो हाफमा थप १२ गोल गर्दै सनसनीपूर्ण प्रदर्शन गरेको हो ।

त्यस्तै, रेनाटो सान्चेसले दुई, लियोन डजाकु, सर्ज ग्नाबरी, सरप्रित सिंह र एलेक्सजेन्डर नोलेनबर्गरले समान १–१ गोल गरे । एक गोल भने बायर्न म्युनिखले उपहारस्वरूप पाएको थियो ।