केरलमा आएको बाढीबाट वायनाड जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। सांसद र कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले शुक्रवार प्रधानमन्त्री नरेन्द्र मोदीसँग यसबारे कुरा गरेका छन् ।
राहुलले बाढी पीडितहरूको उद्धार र बचाउको लागि पीएम मोदीसँग सहयोग मागेका हुन् । यस अघि राहुल गान्धीले आफ्नो संसदीय क्षेत्रमा बाढीको अवस्था गम्भीर रहेको पनि बताएका थिए । साथै आफुले सम्पूर्ण अवस्थालाई राम्ररी हेरिरहेको पनि बताए ।
उनले यसबारे केरलाका सीएम र सरकारी अधिकारीहरूसँग राहत कार्यको बारेमा कुरा गरेको पनि बताएका छन् ।