१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध नापतौल सामग्री नियन्त्रणमा



अ+ अ-

चिप्लेढुङ्गा । पोखरा मुख्य व्यापारिक क्षेत्रको बजार अनुगमन गर्दा अवैध तरिकाले नापतौल र मानापाथी प्रयोग भएको पाइएपछि नियन्त्रणमा लिन थालिएको छ । पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नापतौल कार्यालय र उपभोक्ता मञ्चले गरेको बजार अनुगमनमा उक्त नापतौलका सामग्री नियन्त्रणमा लिइएको हो ।

संयुक्त अनुगमन टोलीले स्प्रिङ ब्यालेन्स तराजु ३१, माना १९ र अन्य १९ गरी ६९ थान नापतौलका सामग्री नियन्त्रणमा लिएको उपभोक्ता मञ्चका अध्यक्ष कपिल कोइरालाले जानकारी दिए । महेन्द्रपुल, पृथ्वीचोक र चिप्लेढुङ्गा क्षेत्रका फुटपाथमा गरिएको अनुगमनमा त्यस्ता नापतौलका सामग्री भेटिएको उनले बताए ।

स्प्रिङ ब्यालेन्स तराजुबाट उपभोक्ताका लागि सामान खरीद बिक्री गर्न पाइँदैन यो अवैध हो, स्प्रिङ तराजु प्रयोग गर्दै जाँदा लुज हुने र त्यसले एक हजारबाट घट्दै ६०० ग्रामसम्म देखाउने हुँदा यस्तो तराजुबाट उपभोक्ता ठगिने नापतौल विभागका अनुगमन निरीक्षक युवराज अधिकारीले बताए ।

पहिलो चरणको अनुगमनमा कम लगानीका साना व्यापारी भएकाले सजक गराइएको र दोस्रो चरणको अनुगमनमा पनि लापरवाही देखिए कारवाही गरिने उनले बताए ।