५ असार २०८३, शुक्रबार
,
Latest
संवैधानिक निकायमा हस्तक्षेप र कुटनीतिक मर्यादामा आँच पुगेको भन्दै सांसद ओलीद्वारा सरकारको आलोचना संसद्मा सरकार र सभामुखको कार्यशैलीप्रति प्रश्नः पटनामा वन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न माग प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक एमालेको आरोपः सरकारले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न सक्ने प्रवन्ध गर्‍यो रुपन्देहीको कोटहीमाईमा नदीजन्य पदार्थ ठेक्का विवाद, अख्तियारले थाल्यो छानबिन काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड मधेस प्रदेश सरकारको ११ महिनामा पुँजीगत खर्च १३ दशमलव ७६ प्रतिशत मात्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध नापतौल सामग्री नियन्त्रणमा



अ+ अ-

चिप्लेढुङ्गा । पोखरा मुख्य व्यापारिक क्षेत्रको बजार अनुगमन गर्दा अवैध तरिकाले नापतौल र मानापाथी प्रयोग भएको पाइएपछि नियन्त्रणमा लिन थालिएको छ । पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नापतौल कार्यालय र उपभोक्ता मञ्चले गरेको बजार अनुगमनमा उक्त नापतौलका सामग्री नियन्त्रणमा लिइएको हो ।

संयुक्त अनुगमन टोलीले स्प्रिङ ब्यालेन्स तराजु ३१, माना १९ र अन्य १९ गरी ६९ थान नापतौलका सामग्री नियन्त्रणमा लिएको उपभोक्ता मञ्चका अध्यक्ष कपिल कोइरालाले जानकारी दिए । महेन्द्रपुल, पृथ्वीचोक र चिप्लेढुङ्गा क्षेत्रका फुटपाथमा गरिएको अनुगमनमा त्यस्ता नापतौलका सामग्री भेटिएको उनले बताए ।

स्प्रिङ ब्यालेन्स तराजुबाट उपभोक्ताका लागि सामान खरीद बिक्री गर्न पाइँदैन यो अवैध हो, स्प्रिङ तराजु प्रयोग गर्दै जाँदा लुज हुने र त्यसले एक हजारबाट घट्दै ६०० ग्रामसम्म देखाउने हुँदा यस्तो तराजुबाट उपभोक्ता ठगिने नापतौल विभागका अनुगमन निरीक्षक युवराज अधिकारीले बताए ।

पहिलो चरणको अनुगमनमा कम लगानीका साना व्यापारी भएकाले सजक गराइएको र दोस्रो चरणको अनुगमनमा पनि लापरवाही देखिए कारवाही गरिने उनले बताए ।




भर्खरै