१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय परिचयपत्र विरुद्द सत्तापक्ष एवं विपक्षी सांसदहरुको विरोध



अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र लागू गरेकोमा शुक्रबार बिहान सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति सदस्यहरुले राष्ट्रिय परिचयपत्र सम्बन्धी विधेयक बनेर पारित नभइ परिचय पत्र लागू गरिएको भन्दै सरकारको कामको विरोध गरेका हुन् ।

नेपाली कांग्रेसमा सांसद दिलेन्द्रप्रसाद बडूले समति बैठक सुरु हुने वित्तिकै राष्ट्रिय परिचयपत्रको छलफललाई समितिमा ६ महिनासम्म रोकेर राखिएकोमा आपत्ति जनाए । उनले यस विषयमा पहिला छलफल भएको तर ६ महिनासम्म छलफल किन रोकियो र आजबाट सुरु गरीयो भनि प्रश्न उठाउदै कारण मागेका हुन् ।

यस्तै सांसद अमरेशकुमार सिंहले सरकारले पहिला नागरिकताको विधेयकको कुरा नउठाएर राष्ट्रिय परिचय पत्रलाई किन अगाडि सारेको भन्दै सरकारको आधिकारिक धारणाको माग गरेका हुन् । सरकारले यसविषयमा स्पष्ट नपारेसम्म आफू समितिको बैठकमा नबस्ने भन्दै उनी बाहिरिएका हुन् ।