२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल लगानीको लागि सुरक्षित बन्दै, १८६ देशलाई उछिनेर पहिलो सूचीमा



अ+ अ-

काठमाडौं। नेपाल विकाससोन्मुख देशहरुमध्ये सबैभन्दा धेरै सुधार भैरहेको देशको सूचीमा पहिलो बनेको छ। सर्वेक्षण भएका विकासोन्मुख देशहरुमध्ये नेपाल टप इम्प्रुभर हो।

यूरोमनिडटकमले हालै बिभिन्न १ सय ८६ देशहरुमा गरेको एक सर्वेक्षणका अनुसार सन् २०१९ मा नेपाल लगानीकर्ताहरुको आकर्षणको देश बनेको देखिएको छ। नेपालले विश्वकै जोखिमको सूचीमा सन् २०१८ मा भन्दा पाँच अंकले सूधार गर्दै १४ स्थान फड्किएर माथि आएको हो। गत पाँच वर्षको अवधिमा नेपालले २४ स्थान उक्लिसकेको छ जुन सुधारलाई सर्वेक्षणले उल्लेखनिय सुधार भनेको छ।

यसैगरी सुधार भएका देशहरुमा मालदिभ्स दोस्रो तथा इथियोपिया तेस्रो भएको छ। त्यसपछि जाम्बिया, बारबाडोस, जमाइका, लाइबेरिया, मोल्दोभा, ग्रिस र बंगलादेशले टप टेनको सूचीमा आफ्नो नाम सुरक्षित गरेका छन्। यी सबै देशहरुले आफ्नो राजनीतिक, आर्थिक तथा संरचनागत जोखिमको सूचकको अध्ययनका आधारमा उत्कृष्ट दश देशभित्र परेका हुन्।

सर्वेक्षणलाई राजनीतिक आर्थिक तथा संरचनागत जोखिमका बिभिन्न १५ वटा सूचकहरुका आधारमा अध्ययन गरिएको थियो। नेपालले ति सबै सूचकहरुमा सुधार गरेको छ।

नेपालको गत केही वर्षको तथ्यांकलाई हेर्दा वास्तविक जिडीपीमा उल्लेखनीय सुधार भएको छ। सन् २०१७/१८ मा ६.३ प्रतिशत तथा सन् २०१६/१७ मा ७.९ प्रतिशत बृद्धि भएको देखिएको छ।

नेपालमा केही समय यता पूर्वाधार विकासमा ठूलो लगानीहरु भैरहेको छ। चीन र भारतले पनि नेपालमा प्रत्यक्ष बैदेशिक लगानी गरिरहेको तथा अझै लगानीको अवसर खोजिरहेको अध्ययनमा उल्लेख छ।