काठमाडौं । सनराइज बैंकले ललितपुरको कुपण्डोलमा शाखा विस्तार गरेको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सनराइज बैंक सञ्चालक समितिका सदस्य बच्छराज तातेडले उक्त शाखाको उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले एटिएमको पनि सोहि समारोहमा उद्घाटन गरेको हो । सन्राइजको शाखा हाल संख्या एक सय १७ पुगेको छ ।
त्यसैगरी, ३८ शाखारहित एकाइ, पाँच एक्सटेन्सन काउन्टर र एक सय ३५ एटिएममार्फत सेवा दिइरहेको बैंकले जनाएको छ ।