१० आश्विन २०८१, बिहीबार
,
Latest
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको सिंगापुर बसाई लम्बियो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई लम्बिएको छ। उपचारका क्रममा एक सातादेखि सिंगापुरमा रहेका प्रधानमन्त्री शनिबार आउने तयारीमा थिए। तर एक दिन लम्ब्याएर आइतबारका लागि तय गरिएको उनको फिर्ती पुनः एक दिन सारिएको हो।

साउन १८ मा उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरिएको छ।प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले सोमबार दिउँसो साढे १२ बजे स्वदेश आइपुग्ने गरी कार्यतालिका परिवर्तन भएको जानकारी दिए।

यसअघि थाइल्यान्डको बैंककस्थित बुमरुनग्र्याड अन्तर्राष्ट्रिय अस्पतालमा नियमित फलोअप चेकअप गराउँदै आएका प्रधानमन्त्रीले यसपटक सिंगापुरमा स्वास्थ्य परीक्षण गरेका हुन्।

छातिमा संक्रमण भएपछि २०७५ कात्तिकमा ओली पाँच दिन त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। दुई साताअघि उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको थियो।

टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा। डा। दिब्या सिंहसहित ९ जना छन्।