१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार कान थुनेर र आँखा बन्द गरेर चल्न सक्दैन्



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयबारे सदनलाई जानकारी गराउने विषयमा सरकार गम्भीर नभएको भन्दै दैनिकजसो सांसदहरुले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था कार्यान्वयनका लागि ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकको शुन्य समयमा बोल्दै सांसद गगनकुमार थापाले शून्य र विशेष समयमा सदनमा उठेका विषयमा सम्बन्धित मन्त्रीले ५ दिनभित्र सदनमा उपस्थित भई जानकारी गराउनुपर्ने व्यवस्था नियमावली कार्यान्वयन गर्न सभामुखको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद अमृतादेवी अग्रहरिले कपिल वस्तुमा किसानले मलखाद्य र पानीको ठुलो अभाव झेल्नु परिरहेको भन्दै मलखाद र सिञ्चाईको तत्काल व्यवस्था गर्न माग गरिन् ।

उनले यसबारे पटक–पटक कुरा उठाउँदै आएपनि सरकारले वेवास्ता गरेको गुनासो गर्दे कान थुनेर र आँखा बन्द गरेर मुलुक चल्न नसक्ने भन्दै प्रधानमन्त्री र कृषिमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराइन् ।