५ असार २०८३, शुक्रबार
,
Latest
अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान अष्ट्रेलियाले युक्रेनलाई थप ७० लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जावलाखेल युथ क्लबको नयाँ नेतृत्वमा क्षेत्री विजयी



अ+ अ-

ललितपुर । जावलाखेल युथ क्लब को नयाँ नेतृत्वमा महेन्द्र क्षेत्री विजयी भएका छन् ।

तीन वर्षे कार्यकालका लागि भएको चुनावमा क्षेत्रीले २४१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी ठूलोभाई के.सीले १३१ मत पाएका थिए । त्यसैगरी उपाध्यक्षमा क्रमशः किरोजमान सिंह बस्नेत,उज्ज्वल कर्माचार्य, समीर के.सी विजयी भएका छन् ।

त्यस्तै पवन गिरी महासचिवमा र कविर बस्नेत सचिवमा विजयी भएका छन्। कोषाध्यक्षका लागि महेशचन्द्र महत (मलमल) विजयी भएका छन्।त्यस्तै सदस्यहरुमा रवि खड्का,राजु बोगटी, विकास कार्की, सुनिल केसी, निरज खड्का,नरेश थापा, प्रदीप तण्डुकार विजयी भएका छन्।

निर्वाचन कमिटीमा मेघराज केसी, केदार गोर्खाली,आत्मदिप खड्का, राजकुमार श्रेष्ठ लगायत ६ सदस्य समिति रहेको थियो।

यसैबीच नवनिर्वाचित अध्यक्ष क्षेत्रीले आफूले गरेको प्रतिबद्धता पुरागर्न आफु सदैव प्रतिबद्ध रहेको बताए। उनले नेपालकै प्रतिष्ठित क्लबको रुपमा रहेको जावलाखेल क्लबको प्रगति विवरण तीन/तीन महिनामा सार्वजनिक गर्ने, समयमा नै वार्षिक साधारणसभा गर्ने, क्लबलाई पारदर्शिताका साथ अगाडि बढाउने लक्ष्य रहेको बताए ।