काठमाडौं । गत वर्षकी ‘मिस नेपाल अर्थ’ प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।
‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी प्रिया पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन् ।
सिग्देललाई आइतबार बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको प्रवक्ता सूर्यराज आचार्यले बताए ।
सिग्देलले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् र ‘युवा चेन्ज मेकर’को रूपमा स्विट्जरलण्ड, भारत र वंगलादेशमा आफ्ना प्रस्तुतिहरू दिएकी छन् ।