१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तटबन्ध निर्माण नहुँदा विराटनगर जोखिममा



अ+ अ-

मोरङ । नदी नियन्त्रणका लागि तटबन्ध निर्माण नहुँदा प्रत्येक वर्ष बर्खायाममा केशल्या र सिङ्घीया नदीको बाढीका कारण विराटनगर महानगरपालिका जोखिममा पर्दै आएको छ ।

यस वर्ष पनि समयमा नदी नियन्त्रण गर्ने तटबन्ध निर्माण नहुँदा महानगरपालिकाका ६, ११, १२, १५ र १६ वडा बाढीबाट प्रभावित भएका हुन् । वर्षेनी खेतीयोग्य जमीन कटान गर्ने र बाढीको पानी गाउँशहर पस्ने समस्याको निराकरणका लागि महानगरको पश्चिमतर्फ रहेको केशल्या र पूर्वतर्फ रहेको सिङ्घीया नदीमा तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता देखिएको हो ।

केशल्या नदीको तटबन्धका लागि रु चार अर्ब २१ करोड ७० लाख ५६ हजार र सिङ्घीया नदीको तटबन्धका लागि रु एक अर्ब २१ करोड १६ लाख खर्च लाग्ने जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ ।

विगतमा केशल्या नदीअन्तर्गत केशल्याघाटदेखि सन्ठीयासम्म करीब एक किलोमिटर निर्माण गरिएको तटबन्धको तारजाली तस्करले काटेर लगेपछि झन् समस्या उत्पन्न भएको विराटनगर–६ का सत्यजीवन चौधरीले बताए । यी दुवै नदीसँग जोडिएका बस्तीमा पानी पस्न नदिन तटबन्ध गर्नुको विकल्प नभएको स्थानीयवासी राजेश डङ्गोलले जानकारी दिए ।

नदी नियन्त्रणको काम दिगोरुपमा हुन नसकेपछि बाढीका समयमा सम्बन्धित कार्यालयले अस्थायीरुपमा गर्ने काम खासै महत्व नहुने र यसबाट स्थानीय जनता पीडित हुनुपरेकाले यसतर्फ सरोकारवाला निकाय समयमै गम्भीर हुनुपर्ने स्थानीयवासीको माग छ ।