हङकङ । अधिक स्वतन्त्रता र प्रजातन्त्रको माग गर्दै हङकङमा आइतबार पनि दशौं हजारले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले हङकङको ठाउँठाउँमा प्रदर्शन गरेका हुन् ।
प्रहरीले प्रदर्शनलाई गैरकानूनी भनेपनि प्रदर्शनकारी सडकमा उत्रेका हुन् । प्रदर्शनकारी र प्रहरीबीच हङकङका विभिन्न स्थानमा झडप भएको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीले प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रुग्यास र रबरको गोली प्रहार गरेको र जवाफमा प्रदर्शनकारीले आगजनी, तोडफोड र ढुङ्गामुढा प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसबाहेक प्रदर्शनकारीहरु तीन दिनयता हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा शान्तिपूर्ण धर्नामा बसिरहेका छन् ।