१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुक, ट्वीटरमा भ्रमण वर्षको लोगो राखिदिनुहोस्: पर्यटन मन्त्री



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष मनाउने अभियानमा सहभागी हुन आम जनता तथा निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

भ्रमण वर्ष अभियान सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आह्वान गर्दै मन्त्री भट्टराईले आफूले प्रयोग गर्ने निजी तथा संघ–संस्थाको वेवसाइट, फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखेर सहयोग गर्न आग्रह गरेका हुन् ।

मन्त्री भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा सार्वजनिक तथा निजी क्षेत्रका संगठित संघसंस्थाबाट पनि उत्साहजनक सहभागिताको अपेक्षा गरेको उल्लेख छ ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाईंदैछ । मन्त्री भट्टराईले विश्वस्तर र नेपालभर प्रचार प्रसारमा सहयोग गर्न संसारभर रहेका नेपालीलाई आह्वान गरेका हुन् ।