२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरीय प्रहरी वृत्त गौशालाका सईहरुविरूद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालाबाट पक्राउ परेका दुई जना प्रहरी नायब निरीक्षक (सई) रमेशबहादुर पाण्डे र राजु स्वर्णकारविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

सार्वजनिक मुद्दा चाँडै मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस रकम माग गरिरहेको बेला अख्तियारको टोलीले दुवैलाई केही दिनअघि १८ हजार रुपैयाँसहित पक्राउ गरेको थियो। उनिहरुविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अनुसन्धानको क्रममा दुवैले मिलेमतोमा थुनामा रहेका व्यक्तिलाई छिट्टै मुक्न गरिदिने भनी घूस लिएको प्रमाणित भएको अख्तियारको दाबी छ।दुवैलाई १८ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनायो।