२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बित कर्मचारीकाे आत्महत्या : अख्तियार प्रमुख घिमिरेकाे नाममा सुसाइड नाेट



अ+ अ-

उदयपुर । आइतबार एक निलम्बित कर्मचारीले आत्महत्या गरेका छन् । उनले आत्महत्या गर्नुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाममा २ पाना सुसाइड नोट लेखेको प्रहरीले फेला पारेको छ ।

उदरपुर, त्रियुगा नगरपालिका वडा नं १० का आचार्य यसअघि काठमाडौँ कलंकी मालपोत कार्यालयका कर्मचारी थिए । उनीविरुद्ध भ्रष्टाचार मुद्दा परेपछि निलम्बित भएका हुन् ।उनीविरुद्ध कलंकी मालपोतमा कार्यरत रहँदा प्रलोभनमा पारी ९२ रोपनी सरकारी जग्गा कीर्ते गरी २ करोड २१ लाख बराबरको भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले मुद्दा चलाएको थियो ।

आइतबार त्रियुगा नगरपाकिलाकै वडा नं ९, रातामाटेस्थित शिखरकट्टेको जंगलमा उनी झुण्डिएको अवस्थामा फेला परे । ५५ वर्षीय आचार्यले शनिबारै घर छोडेर सम्पर्कविहीन भएका थिए । उनले छोडेको सुसाइड नोटमा अख्तियार प्रमुखलाई २०० वर्ष बाँच्नू भनेर लेखेका छन् । सो नोटमा आफूले भ्रष्टाचार नगरेको समेत उनले लेखेका छन् ।

सुसाइड नोटमा लेखिएको छ, ‘सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन् । तर मलाई भ्रष्टचारी भनाउन खोजियो । अख्तियार प्रमुख नवीनकुमार घिमिरेज्यू, २ सय वर्ष बाँच्नुस्, शुभकामना १’ उनले आफूजस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा चलाइएको भन्दै असन्तोष व्यक्त गरेका छन् । उनले श्रीमती छोराछोरीलाई मिलेर बस्न र भाई रमेशलाई सहयोग गर्न समेत उक्त नोटमा खुलाएका छन् ।

उनले थप लेखेका छन्, ‘कान्छो छोराको ब्याचलर सकुँला भनेको थिएँ सकिनँ, पापी भएँ‍‘ । बाणिज्य नेपाल, एनसिसी, एनआईसी बैंकमा के कति पैसा छ, चेक दराजभित्र सानो व्यागमा छ, अन्यमा पैसा भएपनि कमै छ । वीरेन्द्र काकालगायत छिमेकीले भैंसी, खसी तह लगाइदिनू । आमा, साहिली बुहारी र भतिजाले सुरक्षा गर्नू । सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाण्डौँ बस्नु, गोमाले रंगिन लुगा लगाउनू, १३औँ दिनमा सबै फुकाउनू । नेपाल निजामती कर्मचारी संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू ।’

आचार्य शनिबार बेलुका करिब ६ बजेतिर सुसाइड नोट लेखी घरबाट बाहिरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।