२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २ लाख रुपैयाँ आर्थिक सहयोग



अ+ अ-

बुटवल । गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो प्रभाबितलाई साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल नेतृत्वको टोलीले आर्थिक सहयोग स्वरुप २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालसहितका जनप्रतिनिधिको टोलीलाई श्रेष्ठ र पौडेलले संयुक्तरुपमा चेक हस्तान्तरण गरेका हुन् ।चेक हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत पहिरो प्रभावितलाई आर्थिक सहयोग गरेको बताए ।

आर्थिक अवस्था कमजोर भएका पहिरो प्रभावितले उद्यम व्यसाय गर्न चाहेमा न्यून ब्याजमा बिनाधितो कर्जा उपलब्ध गराउने समेत उनले जानकारी दिए । यस्तै घर निर्माणमा न्यून ब्याज दरमा कर्जासमेत उपलब्ध गराउने निर्णय बैंकले गरेको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष ढकालले पहिरो पीडित जनतालाई आर्थिक सहयोगसहित प्रोत्साहनका लागि न्यून ब्याज र बिनाधितो कर्जा प्रदान गर्ने बैंकको निर्णय स्वागत योग्य भएको बताए ।