२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षा कारबाहीमा अमेरिकी सेना मारिएको पेन्टागनको पुष्टि



अ+ अ-

वासिङटन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा आफ्ना एक नौसैनिक मारिएको पुष्टि गरेको छ । इराकको नाइनवाह प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा ती सैनिक मारिएको अमेरिकाले पुष्टि गरेको समाचारमा जनाइएको छ ।

शनिबार कारबाहीका क्रममा ती सैनिकको मृत्यु भएको पेन्टागनले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई विद्रोहीले हत्या गरेको अनुमान गरिएको सो विज्ञप्तिमा जनाइएको छ ।विज्ञप्तिमा उक्त प्रान्तको कुन स्थानमा ती सैनिक मारिएका हुन् भन्ने बारेमा केही बताइएको छैन ।

त्यस दिन इराकी सुरक्षा फौजले सो स्थानमा विद्रोहीका विरुद्ध सुरक्षा कारबाही गरेको बताइएको थियो । त्यस क्रममा शत्रु पक्षबाट भएको आक्रमणमा आफ्ना नौसेनाको ज्यान गएको अमेरिकाले जनाएको छ । यस विषयमा त्यस विद्रोही समूहका तर्फबाट भने कुनै भनाई आएको छैन ।