११ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा ज्ञानेन्द्र भुटान जाँदै विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षा कारबाहीमा अमेरिकी सेना मारिएको पेन्टागनको पुष्टि



अ+ अ-

वासिङटन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा आफ्ना एक नौसैनिक मारिएको पुष्टि गरेको छ । इराकको नाइनवाह प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा ती सैनिक मारिएको अमेरिकाले पुष्टि गरेको समाचारमा जनाइएको छ ।

शनिबार कारबाहीका क्रममा ती सैनिकको मृत्यु भएको पेन्टागनले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई विद्रोहीले हत्या गरेको अनुमान गरिएको सो विज्ञप्तिमा जनाइएको छ ।विज्ञप्तिमा उक्त प्रान्तको कुन स्थानमा ती सैनिक मारिएका हुन् भन्ने बारेमा केही बताइएको छैन ।

त्यस दिन इराकी सुरक्षा फौजले सो स्थानमा विद्रोहीका विरुद्ध सुरक्षा कारबाही गरेको बताइएको थियो । त्यस क्रममा शत्रु पक्षबाट भएको आक्रमणमा आफ्ना नौसेनाको ज्यान गएको अमेरिकाले जनाएको छ । यस विषयमा त्यस विद्रोही समूहका तर्फबाट भने कुनै भनाई आएको छैन ।