११ आश्विन २०८१, शुक्रबार
,
Latest
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वराजा ज्ञानेन्द्र भुटान जाँदै विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र तालिबान बीचको वार्ता सकियो, के–के भयो प्रगति ?



अ+ अ-

काठमाडौं । संयुक्तराज्य अमेरिका र तालिबानबीचको वार्ता गएराति सकिएको छ । यी दुई पक्षबीचको यो आठौँ चरणको वार्ता भएको थियो । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद्दीनले कतारको राजधानी दोहामा भएको सो वार्ता गए राति सम्पन्न भएको जानकारी दिए ।

उनका अनुसार अमेरिकासँगको आठौँ चरणको वार्ता दोहामा गए राति सम्पन्न भएको छ र यस वार्ता सकारात्मक भएको छ । वार्तामा भएका प्रगतिबारे आ–आफ्ना नेताहरुलाई जानकारी गराउने र आगामी प्रक्रियाका लागि के कसरी अघि बढ्ने भन्ने बारेमा थप स्पष्ट गरिने सहमति भएको पनि प्रवक्ता मुजाहिद्दीनलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

वार्ता निकै प्रभावकारी भएको छ र यस विषयमा आ–आफ्ना नेतृत्वलाई जानकारी गराउने कुरा भएको छ– उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन् । काबुलमा रहेको अमेरिकी दूतावासले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । तर समाचारहरुमा यो पछिल्लो चरणको वार्ता सकारात्मक भएको आएको छ ।

अफगानिस्तानका लागि अमेरिकी शान्तिदूत जलमी खालिजादले आइतबार ट्वीट गरेका थिए– मलाई लाग्छ अफगानिस्तान युद्धमा रहेको यो नै अन्तिम इद हुनेछ । उनको यो ट्वीटबाट पनि वार्तामा सकारात्मक प्रगति भएको अनुमान गरिएको समाचारमा जनाइएको थियो । तर यस विषयमा अमेरिका र अफगानिस्तानका सरकारहरुले भने केही बताएका छैनन् ।