११ आश्विन २०८१, शुक्रबार
,
Latest
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूला मिडिया हाउसबाट श्रमजीवी आन्दोलन शुरु हुन्छ– अध्यक्ष आचार्य



अ+ अ-

-शरद रेग्मी


दाङ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजिवि पत्रकारहरुलाईहक अधिकार दिलाउनका लागी आन्दोलन गर्ने चेतावनी दिएका छन्।

रिपोटर्स क्लव नेपाल दाङले आज सोमबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले श्रमजिवि पत्रकारहरुलाई न्युनतम पारिश्रमिक , नियुक्ति पत्र दिलाउनका लागी आन्दोलन शुरु गर्ने चेतावनि दिए ।

उनले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागी ठुला मिडिया हाउसबाट आन्दोलन शुरु गर्ने बताए ।श्रमजिवि पत्रकारहरुलाई अधिकार दिलाउनका लागी मिडीया हाउस वन्द भए पनी आन्दोलन नरोकिने प्रष्ट पारे । रिपोटर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै आचार्यले सरकारले ल्याउन लागेको प्रेस विरोधि विधेयक महासंघको आन्दोलनका कारण रोकिएको दाविगरे ।

उनले पत्रकार महासंघ आफैमा आन्दोलनको नाम भएको भन्दै सरकारले ल्याउने प्रेस विरोधि कानुनलाई कहिल्यै नमान्ने दावि समेत गरे ।सत्तामा पुग्ने हरेक राजनितिक दलले प्रेस लाई कुन्ठीत गर्ने तथा प्रेस स्वतन्त्रता बिरोधि कानुन ल्याउन खोज्ने गरेको भन्दै त्यसका विरुद्ध सदैव लागि रहने बताए । त्यसैगरि अध्यक्ष आचार्यले महासंघ अहिले सरकारका तिनै तहले ल्याउने प्रेस कानुका बारेमा लागि परेको भन्दै सवै तहले प्रेस मैत्रि कानुन ल्याउने बिश्वास समेत व्यक्त गरे ।

त्यस्तैगरि कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघले थालेको आन्दोलका कारण सरकार पछि हटेको दावि गरे ।सरोकारवालाहरु संग समन्वय र सहकार्य नगरि ल्याउने जस्तो सुकै कानुनआफुहरुलाई मान्य नहुने उहाँको जिकिर रहेको थियो । महासंघ अहिले महासंघको भावि रणनिति ,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि भेटघाट र छलफलमा रहेको समेत दावि गरे ।

साथै विष्टले महासंघले थालेको आन्दोलनका क्रममा देशभरिका पत्रकारहरु सडकमा आएर सफल बनाएको भन्दै धन्यबाद ब्यक्त गरे । सो अवसरमा पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोेख्रेल ,तुलसीपुर उद्योग बाणिज्यसंघका अध्यक्ष विर बहादुर रावत विरु ,नेपाल पत्रकार महासंघका लेखा अधिकृतप्रकाश श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन रिपोटर्स क्लव नेपाल दाङका महासचिव बिमल गौतमले गरेका थिए ।