६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर लामिछानेलाई भिसा दिन अमेरिकी दूतावासद्वारा अस्वीकार



अ+ अ-

काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।सन्दीपले एक ट्वीट गर्दै आफूलाई अमेरिकाले भिसा नदिएको बताएका छन् ।

उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूतावासले अस्वीकार गरेको छ ।‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।

आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।