११ आश्विन २०८१, शुक्रबार
,
Latest
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्किममा पवन चाम्लिङका १० सांसदद्वारा पार्टी परित्याग



अ+ अ-

काठमाडौं । भारतीय राज्य सिक्किममा सबैभन्दा लामो समय मुख्यमन्त्री बनेका पवन चाम्लिङको पार्टी सिक्किम डेमोक्र्याटिक फ्रन्टका १० सांसद पार्टी परित्याग गरेर भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्।

मंगलबार दिउँसो भाजपाका कार्यवाहक अध्यक्ष जेपी नड्डा र बरिष्ठ नेता राम माधवले नयाँदिल्लीस्थित मुख्यालयमा ती सांसदहरूलाई पार्टी प्रवेश गराएका हुन्।

विधान सभामा चाम्लिङको पार्टीका १५ सांसद थिए। अरू दुई विद्रोही सांसदले पनि नयाँ पार्टी खोल्ने तयारी गरेको बताइएको छ।

गत जेठमा भएको विधान सभा चुनावमा पवन चाम्लिङको सत्ता कुनै समय उनकै मन्त्रिपरिषदमा काम गरेका प्रेमसिंह तामाङ गोलेले उल्टाइदिएका थिए।गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिट मध्ये १७ सिटमा विजय हासिल गरेको थियो।

सन् २०१४ मा भएको अघिल्लो विधानसभा चुनावमा गोलेको पार्टी १० सिट जितेको थियो भने चाम्लिङको पार्टीले २२ सिट जितेको थियो।

यस चुनावमा गोलेले भ्रष्टाचारलाई अन्त्य गर्ने, विकास कामलाई अगाडि बढाउने र युवालाई रोजगारी दिने विषयलाई चुनाबको प्रमुख मुद्दा बनाएका थिए।सन् १९९४ देखि चाम्लिङ सिक्किमका मूख्यमन्त्री रहँदै आएका थिए।

चाम्लिङ अघि भारतमा सबैभन्दा लामो समय सत्तामा रहने रेकर्ड पश्चिम बंगालका मूख्य मन्त्री ज्योति बसुको नाममा थियो। उनी सन् १९७७ देखि सन् २००० सम्म बंगालको मूख्यमन्त्री थिए।

३२ वर्षको उमेरमा राजनीतिक जीवन सुरू गरेका चाम्लिङ सन् १९८९ देखि ९२ सम्म मूख्यमन्त्री नर बहादुर भण्डारीको मन्त्रीमण्डलमा मन्त्री थिए।

त्यसपछि सन् १९९३ मा भण्डारीको साथ छोडेर चाम्लिङले सिक्किम डेमोक्रेटिक फ्रन्ट खोले। त्यसको अर्को वर्ष सन् १९९४ मा भएको चुनावमा भण्डारीको पार्टीलाई हराएर उनी मूख्यमन्त्रीको कुर्सीमा पुगे।