५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर व्यवस्थापनमा सुधार नआएपछि अष्ट्रेलियाली प्रधानमन्त्री रुष्ट



अ+ अ-

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा प्लाष्टिकको पुनःप्रयोगको मात्रा अन्त्यन्त न्युन भएकोमा रोष प्रकट गरेका छन् । प्लाष्टिकको पुनप्रयोगको मात्रा १२ प्रतिशत मात्रै भएको भन्दै उनी रिसाएको अधिकारीहरुले जनाएका छन् ।

उनले प्लाष्टिकको पुनर्प्रयोगका लागि रचनात्मक काम गर्न दुई करोड अष्ट्रेलियाली डलरको कोष बनाइएको घोषणा पनि गरे। सिड्नीमा उनले बुधबार यो कोषसहितको परियोजनाको घोषणा गरेका हुन् । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाको फोहोर नष्ट गर्ने उद्योगहरु बन्द गर्ने आदेशको आवश्यकता भएको पनि बताए ।

“हामीले आफ्ना सन्तान र हामी आफैँलाई पनि प्लाष्टिकको बोतल छुट्टै एकै ठाउँमा राख्नु पर्छ भन्नु पर्ने भएको छ,” उनले भने । प्रधानमन्त्री मोरिसनले थप्दै भने “एक पटक प्रयोग भइसकेका प्लाष्टिकका सामग्रीहरु फेरि प्रयोग गर्न मिल्ने बनाउन हामी सबैले प्रतिज्ञा गर्नुपर्ने छ ।”

अष्ट्रेलियाबाट हरेक बर्ष १५ लाख टन कवाडी सामानहरु अन्य देश पठाइने गरेको छ । त्यसमा प्लाष्टिक, सिसा, कागजलगायतका सामग्रीहरु रहेको उनले बताए ।“फोहोरलाई देशभित्रै व्यवस्थापन गर्नु हाम्रो पहिलो जिम्मेवारी हो,” प्रधानमन्त्री मोरिसनले भने । अष्ट्रेलियाको वातावरणको संरक्षण गर्नु नै यो घोषणाको मुख्य उद्देश्य भएको पनि उनले बताए ।




भर्खरै