११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीलाई बेलैमा नियन्त्रण नगरिए भयानक दुर्घटना हुन्छ: मन्त्री अर्याल



अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई बेलैमा नियन्त्रण नगरिएमा भयानक दुर्घटना हुने खतरा रहेको बताएकी छिन् ।

काठमाडौंमा मंगलबार भएको एक कार्यक्रममा ‘सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्ष पछि भयानक दुर्घटनाको संकेत देखा परेको छ’, मन्त्री अर्यालले भनिन्, ‘हामीले केही कोसिस सहकारी नियमावलीमार्फत गरेका छौं ।’

उनले नियमावलीमा सहकारीको कर्जा सुरक्षा कोष केन्द्रको स्थापना गरिएको उल्लेख गरिन् ।मन्त्री अर्यालले मन्त्रालयले अहिले गरिब पहिचानको काम गरिरहेको बताइन् ।