६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर उपर आरोप–पत्र दायर



अ+ अ-

दमौली । डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । निज कम्प्युटर अपरेटर प्रकाश पौडेल र
Wild Strong Consultancy का सुमित शाहीले सडक स्तरोन्नति सम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले प्रकाश पौडेल र सुमित शाहीलाई पक्राउ गरेको हो ।

उनीहरुले सेवाग्राहीसँग रू१,७५,०००। (एक लाख पचहत्तर हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिएको थियो । प्रकाश पौडेलले सेवाग्राहीसँग सडकखण्ड स्तरोन्नति आयोजनाको कार्यसम्पन्न अन्तिम बिल भुक्तानी प्रयोजनको लागि ठेक्का साइनिङबापत र अफिस मिलाउनको लागि भनी सेवाग्राहीको काम नै नगरी आलटाल गरी घुस रिसवत दिन बाध्य पारी रू। १,७५,०००।– ढएक लाख पचहत्तर हजार) घुस लिएको खुल्न आएको हो ।

आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ ।उनी विरुद्द आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।