५ असार २०८३, शुक्रबार
,
Latest
सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनटेस्ट लेखिएको मोटरसाइकलको ठक्‍करबाट एक वृद्धाको मृत्यु



अ+ अ-

राजविराज । अनटेस्ट लेखिएको मोटरसाइकलको ठक्‍करले सप्तरीको बोदे बर्साइनमा एक वृद्धाको मृत्यु भएको छ। मोटरसाइकलको ठक्‍करबाट पैदलयात्री ७० वर्षीया फगुनी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

मानराजास्थित बिसनपुर–बोदे बर्साइन भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले महिलालाई ठक्‍कर दिएको थियो। घाइतेलाई उपचारका लागि लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी भावेश रिमालले बताए।

ठक्‍कर दिई फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।




भर्खरै