११ आश्विन २०८१, शुक्रबार
,
Latest
पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित विश्वस्तरीय उसु च्याम्पियनसिप ब्रुनाईमा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेगा बैंक मुनाफा



अ+ अ-

काठमाडौं । मेगा बैंकले आर्थिक वर्ष २०७५/७६ मा रु एक अर्ब ७१ करोड ९३ लाख मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवमा रु एक अर्ब ३१ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको बैंकले यस आवमा रु ४० करोड १९ लाख मुनाफा वृद्धि गर्न सफल भएको हो ।

सो बैंकले आज जारी गरेको विज्ञप्तिमा २०७६ असार मसान्तमा बैंकको कूल निक्षेप रु ८१ अर्ब ८६ करोड पुगेको छ । यो वाणिज्य बैंकहरुमध्येकै उच्चतम वृद्धि रहेको सो बैंकले जनाएको छ ।

खुद कर्जा तथा सापट्टी रु ७२ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ । हाल मेगा बैंकले देशभर १०२ शाखा, १९ एक्सटेन्शन काउन्टर, १०३ एटिएम सञ्जाल, ११९ शाखारहित बैंकिङ केन्द्र र दुई हजार ५०० भन्दा बढी मेगा रेमिट एजेन्टमार्फत आफ्नो सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।