११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन



अ+ अ-

काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो ।

निवासमा शौचालय जाँदा बेहोस हुनुभएको उहाँलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उहाँले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो । नेपाली पत्रकारिता क्षेत्रमा पनि उहाँको विशिष्ट योगदान छ । उहाँको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो ।

उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । उहाँका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।